एकैदिन ७६० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार नाघ्यो — OSNepal

एकैदिन ७६० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार नाघ्यो

LC (KTM) August 04, 2022 0

काठमाडौं १९ साउन । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९२६ जनाको परीक्षण गर्दा ७६० जनाम संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । त्यसैगरी, २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् । भने एक जना संक्रमितको ज्यान गएको छ ।

परिक्षण गरिएका मध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर