सरकारी काम कहिले जाला घाम, कहिले आउने परिर्वतन ? — OSNepal

सरकारी काम कहिले जाला घाम, कहिले आउने परिर्वतन ?

LC (KTM) August 04, 2022 0

रुषा थापा

काठमाडौँलगायत दशैँभरि सरकारी कार्यालय जनतालाई सेवा प्रधान गर्न खोलिएको हुन्छ । जनताहरु पनि सरकारी कार्यालयमा काम लिनका लागि जानुपर्ने बाध्यता रहेको छ । त्यँही जनताको बाध्यताको फाइदा सरकारी कर्मचारी र सरकारी कार्यालयमा रहेका लेखनदास तथा दलालीहरुले उठाइरहेका छन् । गाँउबाट सिधासाधी अशिक्षित जनताहरु सरकारी काम लिएर सदरमुकाममा आउँछन् । सहरका मानिसहरु पनि सरकारी काम लिन सरकारी कार्यालय धाउँछन् ।

यसरी गाँउबाट काम लिएर सरकारी कार्यालयमा आएका मानिसहरुलाई कुन कोठा, कसरी ,कसले कामगर्ने जस्ता कुराहरु थाहा हुदैँन । गाउँबाट काम लिएर आएका मानिसहरुको कतिको खुट्टामा चप्पल हुदैँन भने कतिले लगाएका कपडा थोत्र्राा वा चातिएका हुन्छन् । गाँउका मानिसहरु अशिक्षित नहुने भएकाले उनीहरुलाई बोल्ने वा झोठो कुरा गर्न आउँदैन । गाउँका मानिसहरु इमान्दारी र असल हुन्छन् ।
त्यहँी इमान्दारी, गरिबी, अशिक्षित जस्ता मानिसहरुको फाइदा लेखनदास र दलालीले महंगो पैसालिएर काम गरी ठग्र्छन् । यसरी सिधासाधी जनताहरुलाई महंगो पैसा लिएर दलालीहरुले काम गरी ठग्ने गर्छन् । काठ्माडौँ वा सहरकै मानिसहरु पनि सरकारी कार्यालयमा काम लिएर जाँदा जतिसुकै शिक्षित मानिस भएपनि पनि ऊ अन्योलमा पर्छ । शिक्षित मानिसहरुलाई पनि सरकारी कार्यायल गएपछि कुन कोठा के काम हुन्छ र कसरी हुन्छ भनेर थाहा हुदैँन ।

सरकारी कार्यालयमा सरकारले निधारर्ण गरेको राजस्व तिरेर काम लिएर जाँदा हाकिमहरुले काम गर्न नपरोस् भनेर विभिन्न बहाना अथवा समस्या देखाउने गछनर्् । तर दलाली वा लेखनदासलाई मागेको जतिपैसा दियो भने त्यहँी हाकिमले फर्काएको फाइल पनि काम भएर आउँछ । सरकारी कार्यालयहरुमा जनताको कुनै पनि काम पैसाबिना वा घुसबिना हुदैँन । सरकारी कर्मचारीहरु जनताले तिरेको करबाट तलबभत्ता, पेन्सिन पनि खान्छ तर घुस नखाइ त्यँही जनताको काम गर्दैनन् ।सरकारी कर्मचारी र लेखनदासको मिलोमत्तोमा जनताले राज्यबाट पाउनुपर्ने सेवासुविधाहरु छिटोछरितो नहुने , राज्यले तोकेको राजस्वबाट मात्र नपाइने र सरकारले तोकेको राजस्व तिरेर पनि उल्टो घुस दिएर मात्र हुने गर्छ ।

लेखनदास र सरकारी कर्मचारीहरु आफ्नो फाइदाको लागि जनतालाई ठग्ने, लुट्ने गर्दछन् । सरकारले सरकारी कर्मचारीहरुको वर्षैपिछे तलब बढाउँछ तर कर्मचारीहरु घुस नखान कुनै काम गर्दैनन् । अहिले जनताहरु सरकारी कर्मचारीलाई घृणा गर्छन् र सरकारी कर्मचारी भनेको घुसिया हुन् भनेर भन्ने गर्छन् । सरकारी कर्मचारीहरु जनताले तिरेको करबाट तलबभत्ता, पेन्सिन र सरकारी गाडी चढ्छन् तर पनि जनताको काम र घुस खान भने कहिले छोड्दैनन् ।

विदेशी ऋण नेपाललाई बोकाउनु, देश बिगा्रनु, देशमा विकास नगर्नु र भ्रष्टाचार अधिकतम बढ्नुमा पनि सबै सरकारी कर्मचारीहरु कै हात रहेको छ भनेर जनताहरु भन्ने गर्छन् । सरकारी कर्मचारीहरुले जागिर खाएको ५ वर्षमै काठ्माडौँमा घडेरी किन्छन् र आफ्नो बालबच्चालाई पनि महंगो विघालयमा पढाउँछन् । सरकारले निधारर्ण गरेको तलब २५ हजार हुन्छ तर उनीहरुको घरखर्च हेर्दा महिनाको ३ लाखभन्दा बढी कमाइ हुने जस्तो रहेको हुन्छ ।

भूपुवाला कर्मचारी र बालवाला कर्मचारीको सरकारले सम्पत्ति छानबिन गर्ने हो भनी यिनीहरुले भ्रष्टाचार गरेका सम्पूर्ण कालो धन बाहिर निस्कने छ । अहिले प्रत्येक नेपाली जनताको टाउको विदेशी ऋण ७१ ह्जार रहेको छ । नेपाल अहिले विदेशी ऋणमा चुलुम्ब डुबिसकेको छ । सरकारले सरकारी कर्मचारीहरुलाई विदेशीसँग ऋण माग्दै तलबभत्ता दिइरहेको छ तर विकास हेप्यो भने शून्य छ । जनताहरुले आफूले एक जोर चप्पल नलगाई, मिठो खानेकुरा नखाई, बालबच्चालाई राम्रो विघालयमा नपढाई राज्यलाई कर तिर्छन् ।यसरी जनताले तिरेको करबाट सरकारी कर्मचारीले आफूलाई चाहिने सम्पूर्ण सेवासुविधाहरु लिने गर्छन् । सरकारी कर्मचारीहरु कर तिर्ने जनतालाई नै दुःख दिन्छन् र ठग्ने गर्छन् । यदि नेपाली जनताले सरकारलाई कर नतिर्ने हो भनी सरकारी कर्मचारीले कहाँबाट तलबभत्ता र पेन्सिन खान्छन् ।

सरकारी कर्मचारीहरु कर तिर्ने जनतालाई नै राम्रो व्यवहार गर्दैनन् । जनताको कुनै पनि काम छिटोछरितो रुपमा गर्दैनन्। बिहानको १० ः १५ बाट ढिलो भएमा नेपालको कानूनमा त्यो दिन सरकारी कर्मचारीको हाजिर हुदैँन । तर सरकारी कर्मचारीहरु १२ बजे अफिस पुग्छन् र हाकिमलाई मुख देखाई वा हाजिर गरी काम छ भनेर घरतिर लाग्छन् । त्यस्तै कति कर्मचारीहरु हाजिर गरेपछि अफिसमा नै फेसबुक चलाएर ,अफिसको मोबाइलबाट आफन्तसँग गफ गरेर, कान्टिङ्मा बसेर वा अफिसको छटमा घाम तापेर बस्छन् ।

कति कर्मचारीहरु कुनै एक कोठामा भेला भएर गफ गरेर बस्छन् । एक महिनादेखि सरकारी कर्मचारी अफिसमा आएका हुदैँनन् र एक महिनाअघि वा पछि आएर पुरै महिनाको हाजिर गर्ने गर्छन् । यदि त्यँहा कुनै सेवाकर्मी काम लिएर आयो भने त्यँहाको गाडले बर्खेर रै यहँी हुनुथ्यो भनेर भन्ने गर्छ । यता कर्मचारीहरु ३ बजे नै घरतिर डौडिन्छन् । जाडो महिनामा हिटर तापेर बस्छन् र गर्मी महिनामा एसी खोलेरबस्छन् ।
एक महिनाअघि मात्र किनेको सामान बिग्रियो भनेर घरलैजाने र फेरि जनताले तिरेको करबाट नयाँ सामान ल्याउने गर्छन् । अफिसमा दैनिक रुपमा चाहिने सामानहरु एक हजारमा किनेमा १५ सयको बिल बनाउने र त्यँहाबाट पनि पैसा खाने गर्छन् । सरकारी अफिसमा काम गर्ने पियुन देखि हाकिमहरु व्यापार सँग मिलेर कमिशन खाने गर्छन् । सरकारी कार्यालयमा मिटिङ् बस्दा २० जना मिटिङ्मा छन् भने ५० प्याकेट खाजा ल्याउने र बाँकीघरतिर लैजान्ने गर्छन् ।

सरकारी कर्मचारीहरु जनता र राष्ट्रको हितमा काम नगर्ने आफ्नो पद दुरुपयोग गरेर सम्पत्ति कमाउने गर्छन् ।सरकारी कर्मचारीहरुलाई घुस खान र अफिसको सामान घरमा लैजान पनि केही लाज लाग्दैँन । सरकारी अफिसका महानिर्दैशक , सचिव वा कार्यालय प्रमुखहरुले करारमा आफ्नो मानिसहरु राख्ने र त्यहँी करारमा राखेको आफ्नो मानिसहरुबाट पनि फाइदा लिने गर्दछन् । सरकारी कर्मचारी कुनै सरकारी कार्यालयमा आवश्यक परेमा आफनै आफन्तहरु राख्ने र जनताका छोराछोरीलाई अघि बढ्न रोक लगाउने गर्छन् । यता सरकारी कर्मचारीहरु भन्छन् नेताले देश डुब्यो तर नेताहरु भन्छन् होइन सरकारी कर्मचारीले नै देश डुब्यो । नेताले घुस खाएको पैसा त चुनावमा खर्च हुन्छ तर कर्मचारीले घुस खाएको पैसा त विदेशको बैकमा हुन्छ र कतै खर्च हुदैँन ।

जनताले तिरेको कर सरकारी कर्मचारीहरुलाई पेन्सिन र तलबभत्ता खुवाउँर्दै सिदिन्ँछ । देशमा विकास गर्न सरकारसँग बजेट नभएर विदेशीसँग हात थापनुपर्छ , नेपालीहरु नेपालमा रोजगारी नभएर विदेशीनु परिरहेको छ , बाहिरीमुलुकमा गएका नेपालीहरुले रेमिट्यान्स नपठाउने हो भनी देश चल्दैँन । तर सरकारी अफिसमा लेखनदास र दलालीहरुले सरकारी कर्मचारीलाई हातमा लिएर जनतासँग मनलाग्दो पैसा लिएर ठग्दा त्यसको अनुगमन सरकारपक्षबाट किन हुने गर्दैन ।

सरकारी अफिसको छेउछाउमा पसल राख्ने व्यापारीहरुले पनि महंगो पैसा लिएर जनतालाई ठगीरहेका छन् । सरकारी कर्मचारीहरुले पैसा नखाई जनताको काम गर्दैनन् । सरकारी अफिसमा भएका फाइल वा डकुमेन्टहरु सरकारी कार्यालमा भेटिदैँन तर लेखनदास र दलालीहरुको घर तथा झोलामा भेट्ने गरिन्छ । नेपालको कानूनमा सरकारी अफिसको फाइल तथा डकुमेन्टहरु कुनै पनि व्यक्तिले लैजान पाउदँैन । तर लेखनदास र दलालीहरुले सरकारी फाइल तथा डकुमेन्टहरु आफ्नो घर वा झोलामा बोकेर हिड्दा यसको अनुगमन किन हुदैँन । अहिले भएका सरकारी कर्मचारीहरुले जनतालाई छिटोछरितो रुपमा सेवा दिदैँनन् र थोरै तलबमा पनि काम गर्दैनन् ।

सरकारी कर्मचारीहरु राजनितिक पार्टीको झोला बोक्छन् र आन्दोलन गर्छन् , देशमा पटकपटक राजनिति परिर्वतन भएतापनि सरकारी कर्मचारीको व्यवहारमा केही परिर्वतन आएन । सरकारी कर्मचारीबाट जनताले छिटोछरितो रुपमा कहिले काम पाएनन् । यसरी जनताको काम छिटोछरितो गर्न नसक्ने कर्मचारीलाई सरकारले हटाउन पनि सकेन । सरकारी काम कहिले जाला घाम , दिन कटाउने मानो चटाउने भनेको जस्तै गरी सरकारी कर्मचारीहरुको व्यवहारमा कहिले परिर्वतन आएन । सरकारले अहिले भएका सबै सरकारी कर्मचारीलाई हटाएर र पेन्सिन सुविधा पनि बन्द गरेर , आधा तलबमा काम गर्ने नयाँ जनशक्तिलाई अवसर दिनुपर्छ । अहिले शिक्षित भएका जनताका छोराछोरी घुस खादिन, गाडि चाहिँदैन , जनताको काम छिटो गर्छु र अहिले भएका सरकारी कर्मचारीले खाएको आधा तलबमा काम गर्छु भन्दा पनि ठाउँ पाउदैँनन् ।

भएका सरकारी कर्मचारीहले जनतालाई सेवासुविधा दिदैँनन् र नयाँ कर्मचारी पनि आउन दिदैँनन् । कि अब सरकारी कर्मचारीले आआफ्नो पद छोड्नुपप्यो होइन भने जनताको काम छिटोछरितो रुपमा गर्नुपप्यो । कानूनमा सरकारी कर्मचारीले आन्दोलन गर्न वा राजनितिक दलको सदस्य लिन पाइदैँन तर यहाँ त सरकारी कर्मचारीले आन्दोलन र राजनितिक दल दुवैको सहायता लिन्छन् तर पनि कारबाही हुदैँन ।
अहिले भएका सरकारी कर्मचारीहरु सरकारी कर्मचारी होइनन् यी सबै राजनितिक दलका कार्यकर्ता हुन् । यीनीहरुले आफू कमाउन र जागिर खानका लागि देश र जनतालाई बर्बाद गरे । यीनीहरु जनताको सेवक नभइ जनताको लागि एउटा सर्प हुन् । जनताले अहिले भएका सरकारी कर्मचारीबाट केही आशा नगर्दा पनि हुन्छ । सरकारी कर्मचारीहरु अफिसमा भेटिदैँनन् बरु राजनितिक दलको पार्टी कार्यालय र नेताको घरमा भेटिन्छन् । सरकारी कर्मचारीहरुले काम नगर्ने र भ्रष्टाचार गर्नेमा पनि पर्दाभित्र बसेर नेताहरुको ठुलो हात रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर