पर्सामा तीन वर्षिया बालिकालाई सर्पले टोक्यो,नारायणी अस्पतालमा उपचार हुँदै — OSNepal

पर्सामा तीन वर्षिया बालिकालाई सर्पले टोक्यो,नारायणी अस्पतालमा उपचार हुँदै

LC (KTM) August 04, 2022 0

पर्सा :

सर्पको टोकाइबाट बिरामी भएकी तीन वर्षिया बालिकालाई नारायणी अस्पताल वीरगञ्जका चिकित्सकहरु बिहीबार उपचार गर्दै । साउन महिनामा मात्रै सर्पदंशका १ सय ३० जना बिरामी अस्पताल भर्ना भएको नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनरायण सिंहले जानकारी दिनुभयो ।

साढे ११ किलो चरेशसहित एक जना पक्राउ:.

बझाङ प्रहरीले साढे ११ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार सु.प.प्र. ०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारील बस्‍ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायातको बस बित्थडचिर गाउँपालिका-८ बागथलास्थित जयपृथ्बी राजमार्गमा चेकजाँच गर्ने क्रममा खडायतलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर