तीजको अवसर पारेर क्यालिफोर्नियाको बे एरियामा दुईवटा भव्य कार्यक्रमको आयोजना गरिँदै – OSNepal

तीजको अवसर पारेर क्यालिफोर्नियाको बे एरियामा दुईवटा भव्य कार्यक्रमको आयोजना गरिँदै

Osnepal August 04, 2022 0

काठमाडोँ । तीजको अवसर पारेर क्यालिफोर्नियाको बे एरियामा दुईवटा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ ।

पहिलो कार्यक्रम कृयटिभ नेपाल युथ अर्गनाइजेशनको आयोजनामा अगस्ट २० तारिखका दिन साँझ साडे ६ बजेबाट राती १० बजेसम्म चल्ने छ ।

सन् २००९ मा स्थापित संस्थाले हरेक वर्ष नै तीजसँग सम्बन्धित कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

त्यस्तै अर्को  कार्यक्रम अगस्ट २६ तारिखका दिन शुक्रबार साँझ ६ देखि राती १२ बजेसम्म चल्ने छ । बिन्दास टोलीको आयोजनामा हुन लागेको कार्यक्रम Oasis Palace Restaurant 35145 Newark Blvd,Newark, CA 94560 मा हुनेछ । कार्यक्रममा आयोजकले डिजे एस बाबुसँग नाच्नका लागि आग्रह समेत गरेको छ ।

तीजको दर खाँदै नाच्ने यो कार्यक्रमका लागि भने ४५ डलर शुल्क लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर