म्याग्दीमा पहिरोका कारण ६ घरपरिवार विस्थापित, मोटरबाटोबाट नै गयो पहिरो — OSNepal

म्याग्दीमा पहिरोका कारण ६ घरपरिवार विस्थापित, मोटरबाटोबाट नै गयो पहिरो

LC (KTM) August 05, 2022 0

म्याग्दी, २० साउन: म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् ।

मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभयो । “छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ”, उहाँले भन्नुभयो, “महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छाँै ।”

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन् । सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर