छत सफा गर्ने क्रममा भाई छतबाट खसे, भुईमा रहेका दाजुले एक्कासी दौडेर गएर काँध थापे र बचाए तर आँफै घाइते बने — OSNepal

छत सफा गर्ने क्रममा भाई छतबाट खसे, भुईमा रहेका दाजुले एक्कासी दौडेर गएर काँध थापे र बचाए तर आँफै घाइते बने

LC (KTM) August 05, 2022 0

काठमाडौँ :

फिल्म र कथाहरुमा मात्रै देखिएका सुपरम्यान कहिलेकाहीँ रियल लाइफमा पनि देखिने गरेका छन् ।

हालै सामाजिक संजालमा भाइरल एक भिडियोमा छतबाट खसेका भाइलाई दाजुले काँध थापेर बचाएका छन् । भारतको केरलाको मल्मपुरम जिल्लामा दाजुले जवान भाइलाई फिल्मी शैलीमा बचाएको दृश्य अहिले सर्वत्र छाएको छ ।

भिडियोमा छत सफा गर्ने क्रममा छतबाट खसेका भाईलाई दाुजुले काँध थापेर बचाउँछन् भने भाइृ खसे लगत्तै दुवै दाजु भाइृ नै भुईमा बजारिन पुग्छन् ।

भुईमा बजारिएका दाजुले टाउको समात्दै भुईमा थचक्क बस्न पुग्छन् भने भाइृलाई खासै चोट लाग्दैन ।

भाईलाई काँध थापेर बचाएका यी बलवान् दाजुको टाउको हात र खुट्टामा चोट लागेको भिडियोमा देखिन्छ । भाई छतबाट खस्नु अघि दुवै जनाले सरसफाइकाृ काम गरिरहेका थिए ।

भिडियोमा भाइृ खस्नु अघि दाजुको हातबाट पाइप फालेको दृश्य देख्न सकिन्छ । माई वल्र्ड नामक युट्युब च्यानलबाट पोस्ट गरिएको उक्त भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर