अमेरिकामा बस्दै आएका साहित्यकार दीपक प्याकुरेलको उपचारको क्रममा निधन — OSNepal

अमेरिकामा बस्दै आएका साहित्यकार दीपक प्याकुरेलको उपचारको क्रममा निधन

LC (KTM) August 05, 2022 0

काठमाडौं :

साहित्यकार दीपक प्याकुरेलको अमेरिकामा निधन भएको छ । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आएका स्रष्टा प्याकुरेलको ५३ वर्षको उमेरमा न्युयोर्कमा नै निधन भएको हो ।

नेपालमा हेटौंडा घर भएका उनी श्रीमती, एक छोरी र एक छोराको साथ न्युयोर्कमा बस्दै आएका थिए । न्यूयोर्कको एल्म हस्र्ट अस्पतालमा जण्डिसको उपचारका लागि भर्ना भएका प्याकुरेलको उपचारको क्रममा निधन भएको हो ।

उनी   भेन्टिलेटरमा उपचारत थिए । प्याकुरेलका अमेरिकी पृष्ठभूमिको ‘उवर’ र ‘१२ वर्षपछि’ नेपाली भाषाका उपन्यास र ‘द वेभ अफ लाइफ’ अंग्रेजी भाषाको उपन्यास प्रकाशित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर