न्याय माग्दै सिंहदरबार पुगेकी कुमारी आमा नेहारिकालाई प्रहरीले उठाएर आफ्नो गाडीमा लग्यो — OSNepal

न्याय माग्दै सिंहदरबार पुगेकी कुमारी आमा नेहारिकालाई प्रहरीले उठाएर आफ्नो गाडीमा लग्यो

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । न्याय माग्दै सिंहदरबार अगाडी पुगेकी कुमारी आमा महोत्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई गाडी हाली लगेको छ ।

आफ्नो दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थल सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको हो ।

यस अघि असारमा गृहमन्त्रालयसँग गरेको सहमति एउटा पनि कार्यान्वयन नभएको भन्दै उनी सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिन सिंहदवार पुगेकी थिइन् ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै महोत्तरीबाट न्याय माग्दै काठमाडौं आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर