९१२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३७० जना संक्रमणमुक्त , एक जनाको मृत्यु — OSNepal

९१२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३७० जना संक्रमणमुक्त , एक जनाको मृत्यु

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारप अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जनाको परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो । त्यसैगरी,
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३७० जना संक्रमणमुक्त भएका छन् । भने एक जना संक्रमितको ज्यान गएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित मध्ये ५ हजार ५८७ जना होम आइसोलेसनमा १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा उपचाररत छन् ।

२ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर