प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट एकाएक किन तोडिन् गायिका मेलिना राईले ? — OSNepal

प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट एकाएक किन तोडिन् गायिका मेलिना राईले ?

LC (KTM) August 05, 2022 0

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । सञ्जीव र आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले बताएकी छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियोमय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो ।

हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ अनि इन्गेजमेन्ट तोड्ने निर्णयमा पुगे । उनले लेखेकी छन् शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छु । आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको उनले उल्लेख गरेकी छन् ।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर