राजनीति गर्ने काम सजिलो छैन : माधव नेपाल — OSNepal

राजनीति गर्ने काम सजिलो छैन : माधव नेपाल

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा सहभागी भएका नेपालले राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् ।

जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरण अनुरुपमा राजनीतिक उद्देश्य राख्नुपर्नेमा जोड दिएका उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गरे ।

पुराना योद्धाहरूबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रशंसा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताएका उनले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्न सके मात्रै भविष्यले वर्तमानको कदर गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर