निर्वाचनको मिति सार्वजनिक भएसँगै निर्वाचन आयोगले गर्यो दल दर्ताको लागि आह्रान — OSNepal

निर्वाचनको मिति सार्वजनिक भएसँगै निर्वाचन आयोगले गर्यो दल दर्ताको लागि आह्रान

LC (KTM) August 05, 2022 0

काठमाडौं २० साउन । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले दल दर्ताको लागि आह्रान गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिएको जानकारी अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने बताएका छन् ।

अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ । यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर