गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेता थापालाई हटायो — OSNepal

गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेता थापालाई हटायो

LC (KTM) May 12, 2021 0

कास्की २९ बैशाख । राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । गण्डकी प्रदेशसभा अन्तर्गत राजमोले थापालाई दलको नेताबाट हटाइएको सचेतक पियारी थापाले जनाएकी छिन् ।

आज बुधबार सचेतक थापाले एक पत्रमार्फत थापालाई कारवाही गरेको जानकारी गराएकी हुन् । अजा बिहान पार्टीले सोधेको स्पष्टिकरणमा थापाले चित्त बुझ्दो जवाफ नदिएपछि उनलाई दलको नेताबाट हटाइएको हो । अन्य थप कारवाही भने पार्टी केन्द्रिय कार्यालयले नै गर्ने सचेतक थापाले जनाएकी छिन् ।

थापाले गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि उनलाई कारवाही गरिएको हो । गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने भएपछि राजमोले गठबन्धनलाई सहयोग गर्ने भने पनि थापा भने यस निणर्यमा असहमति जनाउँदै आएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर