औलिया ज्वेलर्सबाट सुनको गहना र करिब १५ केजी बराबरको चाँदीको गहना गहना चोरी — OSNepal

औलिया ज्वेलर्सबाट सुनको गहना र करिब १५ केजी बराबरको चाँदीको गहना गहना चोरी

LC (KTM) August 05, 2022 0

सुनसरी, २० साउन :

बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने लक्ष्मण बिकको आफ्नै घरमा रहेको औलिया ज्वेलर्सबाट करिब २० तोला बराबरको सुनको गहना र करिब १५ केजी बराबरको चाँदीको गहना गएराति चोरी भएको छ ।

घर पछाडीको ढोकाको कब्जा फुटाई ज्वेलर्सको लकर बाहिर राखिएको उक्त गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो पनि – विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहर”लाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर