भारतीय नागरिकको ह त्या अभियोग लागेका ५ नेपाली साउदी जेलबाट रिहा — OSNepal

भारतीय नागरिकको ह त्या अभियोग लागेका ५ नेपाली साउदी जेलबाट रिहा

LC (KTM) August 06, 2022 0

दोहा :

साउदी अरबमा ह त्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। रिहा हुनेमा भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई भारतीय नागरिकको ह त्या अभियोग लागेर ४ वषए देखी जेलमा थिए । साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि अन्य विषय मिलाउन नसक्दा जेल मुक्त हुन सकिरहेका थिएनन् ।

अभियुक्त निर्दोष साबित भएपछि क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यवस्था भएकाले उनीहरूले क्षतिपूर्ति दाबी गर्ने सामाजिक अभियन्ता सरोज रायले बताएका छन् । उनीहरूको रिहाइका लागि परिवार र आफन्तले २०७५ चैत्र १५ गते वैदेशिक रोजगार बोर्डमा कानुनी सहायताको लागि निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर