७० वर्षीया गायिका गायत्री भण्डारीले ल्याइन् तीज गीत ‘उहिलेका भाका’को भिडियो — OSNepal

७० वर्षीया गायिका गायत्री भण्डारीले ल्याइन् तीज गीत ‘उहिलेका भाका’को भिडियो

LC (KTM) August 06, 2022 0

काठमाडौं ।

गायिकाहरु गायत्री भण्डारी, जुनु रिजाल, लक्ष्मी मल्ल भण्डारी, मान्डवी त्रिपाठीको स्वर रहेको तीज गीत ‘उहिलेका भाका’को भिडियो सार्वजनिक गरिएको छ । गायत्रीको भण्डारीको यस गीतमा व्यवसायिक गायिकाहरु जुनु रिजाल, लक्ष्मी मल्ल भण्डारी, मान्डवी त्रिपाठीका अलावा रामचन्द्र काफ्ले, श्रीकृष्ण बम मल्लको पनि स्वर सुन्न सकिन्छ ।

गीतमा गायक काफ्लेको संगीत छ भने शब्द श्रीकृष्ण बम मल्लको छ । युट्युबमा समेत अपलोड भइसकेको गीतको म्युजिक भिडियोमा पल्पसा डंगोल, सविता गुरुङ, करिश्मा ढकाल, इरोना मल्ललगायत कलाकारको अभिनय हेर्न पाइन्छ ।

सार्वजनिक गीतकी गायिका गायत्री भण्डारी आँफैमा ७० वर्ष पूरा हुँदा पनि उनको जोश र जाँगर देखेर सबैले उनको कामको तारिफ गरेका छन् । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement