अमेरिकमा एकसाथ स्टेज तताउँदै सन्दिप क्षेत्री र गायक हेमन्त राना — OSNepal

अमेरिकमा एकसाथ स्टेज तताउँदै सन्दिप क्षेत्री र गायक हेमन्त राना

LC (KTM) August 06, 2022 0

अमेरिका ।

लोकप्रिय हाँस्य अभिनेता सन्दिप क्षेत्री पछिल्ला दिनमा स्टेज कार्यक्रमहरुमा व्यस्त छन् ।

कोरोना कालमा रोकिएको स्टेज कार्यक्रम धमाधम देशविदेशमा भइरहेका बेला कलाकारहरुको व्यस्तता पनि बढ्दो छ ।

यसैबिच लोकप्रिय हाँस्य अभिनेता सन्दिप क्षेत्री र गायक हेमन्त रानाले एउटै स्टेज सेयर गर्दै भव्य कार्यक्रम गर्ने भएका छन् ।

अमेरिकाको 848 Willow Ave, Hercules, CA 94547 Aaiqa Banquet Hall मा हुने कार्यक्रममा ठूलो संख्यामा नेपाली दर्शकहरु उपस्थित हुने आयोजकको अनुमान रहेको छ । अगष्ट ७ तारिखमा हुन लागेको कार्यक्रममा प्रवेशका लागि ५० डलर लाग्नेछ । कार्यक्रम साँझ ७ बजेदेखि १० बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर