‘पापाकी परी’ गीतमा विवाद चर्किएपछि गीतबाट हटाइयो पेटिकोट दृश्य र अश्लिल शब्द — OSNepal

‘पापाकी परी’ गीतमा विवाद चर्किएपछि गीतबाट हटाइयो पेटिकोट दृश्य र अश्लिल शब्द

LC (KTM) August 06, 2022 0

काठमाडौं :

‘पापाकी परी’ बोलको गीत पछिल्लो समय चर्चा र विवादमा रहेको छ । गीतका शब्द र पेटिकोटका दृश्यले गीत विवादमा मुछिएपछि गीतबाट विवादित दृश्यांश हटाइएको छ ।

गीतबाट पेटिकोट लगाएर नाचिएका दृश्य र केही शब्द हटाएर पुनः युट्युवमा पोस्ट गरिएको छ ।, रिलिज भएकै दिनबाट गीतलाई प्रशंसाभन्दा आलोचना धेरै आएपछि गीतका सर्जक शिब हमालले माफी मागेका थिए ।

शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशिला पाठकको स्वर रहेको गीत मंगलबार रिलिज भएको थियो । गायिका पाठक र मोडल करिश्मा ढकाल भने गीत हटाउन नहुने अडानमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *