बाँकेमा साढे २९ अर्ब बढी राजस्व सङ्कलन – OSNepal

बाँकेमा साढे २९ अर्ब बढी राजस्व सङ्कलन

LC (KTM) August 06, 2022 0

बाँके, २१ साउन-बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कानुसार सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो ।सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८÷७९ मा रु २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको हो ।

Leave a Reply

Your email address will not be published.

भर्खर