धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न नसकेको भन्दै कांग्रेस नेता प्रकाशमान सिंहमाथि जाइलागिन् नायिका सुहाना थापा — OSNepal

धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न नसकेको भन्दै कांग्रेस नेता प्रकाशमान सिंहमाथि जाइलागिन् नायिका सुहाना थापा

LC (KTM) August 07, 2022 0

काठमाडौं ।नायिका सुहाना थापा काँग्रेस नेता तथा सांसद प्रकाशमान सिंहमाथि जाइलागेकी छिन् ।आगामी चुनावको सन्दर्भमा नेता सिंहले आइतबार काठमाडौं निर्वाचन क्षेत्र १ मा पार्टी निकट व्यक्तिलाई अन्तरक्रियामा बोलाएर भवन र पूर्वाधार निर्माणमा ध्यान दिने कुरा बताएसँगै नायिा था नेता सिंहमाथि खनिन पुगेकी हुन् ।

यसअघि पनि सोही क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएको क्षृत्रमा नेता सिंहले धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न ध्यान नदिएको भन्दै उनी आक्रोशित बनेकी हुन् । ‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापा अभिनयसँगै राजनीति र सामाजिक विषयमा पनि उत्तिकै चासो राख्ने भएका कारण उनले आँफुलाई लागेका असहमतिहरु यसरी नै बेला बेलामा राख्दै आएकी हुन्छिन् ।

सोही क्रममा उनले काँग्रेस नेता सिंहको भनाईप्रति असहमति राख्दै प्लास्टिकको प्रयोगले पारिस्थितिक संकट निम्तिएको भन्दै उनले एकले अर्को पार्टीलाई गाली गर्ने प्रवृत्तिले कहीं नपु¥याउने समेत विचार व्यक्त गरिन् ।

नेता सिंहले उठाएका शिक्षा र वातावरण संरक्षणका कुरा सैद्धान्तिक रुपमा सही सुनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सुहानाले समय छँदै नेतालार्य सुध्रिन आग्रह समेत गरेकी छिन् ।

निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिलकी सुपुत्री समेत रहेकी सुहाना बानेश्वरकी स्थायी बासिन्दा र प्रधाशमानकै क्षेत्रकी भोटर पनि हुन् ।उनले चार वर्षअघि रिलिज भएको ‘ए मेरो हजुर ३’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’ हालै रिलिज भएको थियो भने उनी होम प्रोडक्सनको नयाँ फिल्म ‘भागवत गीता’को तयारीमा जुटेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर