एटिएम मेसिन फोर्दै गर्दा पोखराबाट २३ वर्षीय कृष्ण पक्राउ — OSNepal

एटिएम मेसिन फोर्दै गर्दा पोखराबाट २३ वर्षीय कृष्ण पक्राउ

LC (KTM) August 07, 2022 0

पोखरा । पोखराको बिरौटा चोकमा बेंकको एटिएम फोर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-३ का २३ वर्षीय कृष्ण बहादुर विक रहेका छन् ।

विकलाई कास्की प्रहरीले शुक्रबार राति एटिएम मेशिन फोर्दैगर्दा पक्राउ गरेको हो । विरौटामा एनआइसी एशिया बैंकको एटिएम मेसिन फोरिरहेको बेला उनलाई राति ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिकलाई हाल कास्की जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर