बार्सिलोनालाई जोन गाम्परको उपाधि — OSNepal

बार्सिलोनालाई जोन गाम्परको उपाधि

LC (KTM) August 08, 2022 0

काठमाडौं, २३ साउन :
मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।

बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो । यसै खेलबाट बार्सिलोनाले आफ्ना रक्षक ड्यानी अल्भेसलाई बिदाइ गरेको छ ।

बार्सिलोनाले अर्को शनिबार रायो भालेकानोसंग खेल्दै ला लिगा सिजन २०२२/२३ सुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर