परिवेशअनुकूल बोल्दा चिप्लि‌दै दाहाल — OSNepal

परिवेशअनुकूल बोल्दा चिप्लि‌दै दाहाल

LC (KTM) August 08, 2022 0

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार नेपाल फेस्टिभल २०२२ लाई सम्बोधन गर्दै जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग पटकपटक आफूले भेट गरेको दाबी गरे। आवेको केही समयअघि जापानमा आयोजित चुनावी सभामा गोली हानेर हत्या गरिएको थियो।

पार्टी विदेश विभागमातहतको जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यहाँ भ्रमणमा गएका दाहालले फेस्टिभललाई सम्बोधन गर्ने क्रममा जापानका पूर्वप्रधानमन्त्री आवेलाई नेपाल भ्रमणका बेला दुई तीनपटक भेटेको र उनीसँगको सम्बन्ध राम्रो रहेको बताएका थिए। सोही कार्यक्रममा दाहालले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबीसमेत गरे।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

दाहालले आवेलाई भेटेको पहिलो दाबी पूर्णतः गलत छ, जसलाई उनी आफैंले पनि सच्याएका छन्। आवेले नेपाल भ्रमण गरेका थिएनन्। दाहालले पनि उनीसँग भेट गरेका थिएनन् । दुई पटक प्रधानमन्त्री भइसकेका र लामो समयदेखि पार्टी अध्यक्ष रहेका दाहालले आफ्नो बोलीमा विचार नपुर्‍याउँदा पटकपटक चिप्लिएका थुप्रै उदाहरण छन्। त्यस्तै दाहालको जापान भ्रमण औपचारिक नभई आफ्नै पार्टीको जनवर्गीय संगठनको निमन्त्रणामा भएको हो। उनको भ्रमणका क्रममा जापानका उच्च सरकारी अधिकारीसँग भेट्ने पूर्वनिर्धारित कार्यक्रम पनि तय भएको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर