कोरोनाले फेरि बढायो त्रास - एकै दिन संक्रमति हुनेको संख्या एक हजार नाघ्यो, २ जनाको मृत्‍यु — OSNepal

कोरोनाले फेरि बढायो त्रास – एकै दिन संक्रमति हुनेको संख्या एक हजार नाघ्यो, २ जनाको मृत्‍यु

LC (KTM) August 09, 2022 0

काठमाडौं २४ पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको छ । साथै पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ५९३ जना होम आइसोलेसनमा २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा रहेका छन् ।

७ जना संक्रमितको भने भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर