आलियाले बच्चा पाउन हतार गरेको भन्दै फ्यानले गाली गरेपछि समर्थनमा उत्रिइन् करिना — OSNepal

आलियाले बच्चा पाउन हतार गरेको भन्दै फ्यानले गाली गरेपछि समर्थनमा उत्रिइन् करिना

LC (KTM) August 10, 2022 0

एजेन्सी :

आलियाले बच्चा पाउन हतार गरेको भन्दै फ्यानले गाली गरेपछि अर्की नायिका करिना कपुर सर्मथनमा उत्रिएकी हुन् । आफ्नो करियर अगाडि बढिरहेको बेला आमा बन्ने घोषणा गरेकी आलिया भट्टले बच्चा पाउन हतार गरेको र अब उनको करियर ध्वस्त हुने भन्दै गाली गरेपछि समर्थनमा करिना आएकी हुन् ।

करिनाले आलियाको बलियो सम्भावना भएकी नायिका भएकोले उनको बच्चाले केहि दुस्ख नदिने बताउँछिन् । भर्खरैको एक अन्तर्वार्तामा, करिनाले आलियाको छनौटलाई “साहसी” र “कुलेस्ट” निर्णयको रूपमा स्वागत गरेको बताएको छिन् ।

आफ्नो व्यावसायिक कर्तव्यप्रतिको प्रतिबद्धता र आफ्नो व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेकोमा आलियाको प्रशंसा गर्दै करीनाले मिड(डेलाई भनिन्, “उनी आफ्नो फिल्मको प्रमोशन गरिरहेकी छिन्, सधैं झैं मनमोहक देखिन्छिन्।

आज उनीभन्दा ठूलो स्टार कोही छैन, र म पक्षपाती पनि छैन। आलियाले करिनाका भाइ अभिनेता रणवीर कपूरसँग विवाह गरेकाले आलिया आफ्नो परिवारको एक हिस्सा समेत भउको बताइन् । दुई सन्तान तैमुर र जेहकी आमा बनेकी नायिका नायिका करिना अहिले पनि बलिउडमा उस्तै व्यस्त नायिका पर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर