क्यान्सर लाग्नबाट बचाउने कालो अंगुरका यी हुन् विभिन्न फाइदा — OSNepal

क्यान्सर लाग्नबाट बचाउने कालो अंगुरका यी हुन् विभिन्न फाइदा

LC (KTM) August 10, 2022 0

काठमाडौं । कालो अंगुर स्वास्थको लागि धेर नै फाइदाजनक हुन्छ । गर्मि मौसममा कालो अंगुर स्वास्थको लागि धेरै फाइदाजनक हुन्छ । कालो अंगुरको सेवनले रगतमा कोलेस्ट्रोल को निमार्ण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याहरुबाट पनि बचाँउछ । यसले शरिरमा बढि भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ हुन्छ । क्यान्सरबाट बच्नको लागि कालो अंगुर फाइदाजनक छ । खासगरि छालाको क्यान्सरबाट बच्नको लागि यसको सेवन धेरै नै प्रभावकारी हुन्छ ।

अल्जाइमरको बिरामीहरुको लागि कालो अंगुर फाइदाजनक हुन्छ । यसमा रहेको रेसवेराट्रोल नामक तत्व अल्जाइमरबाट लड्नको लागि धेरै नै प्रभावकारी हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले हार्ट अट्याक र हाई कोलेस्ट्रोल जस्ता समस्याहरुबाट लड्नमा मद्दत गर्छ । यस्ता रोगसँग लड्ने क्षमता प्रदान गर्छ कालो अंगुर सेवन गर्नालेकालो अंगुर एउटा यस्तो फल हो जसलाई केटा केटी देखि बृद्ध समेतले खान मन पराउछन् । यो खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्र कम हुन्छ । अंगुर सेवन गर्नाले विभिन्न रोगबाट छुट्कारा पाइन्छ ।

क्यान्सर– अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

रक्तस्राव– शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकी– अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ । माइग्रेन– माइग्रेन भएपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खाएमा माइग्रेनको पीडा हराउँछ ।

रक्ताल्पता– शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् । हृदयघात– हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर