नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको हृदयघातका कारण निधन — OSNepal

नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको हृदयघातका कारण निधन

LC (KTM) August 10, 2022 0

काठमाडौं :

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । उनको आज बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

लामाका  अनुसार सीतापाइला स्थित आफ्नै घरमा हृदयाघात भएर उनको निधन भएको हो । नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकारको छवि बनाएका  उनलाई  हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइए पनि ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् जसले हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर