काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन बाढीले डुबायो,इन्टरनेट सेवा अवरुद्ध — OSNepal

काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन बाढीले डुबायो,इन्टरनेट सेवा अवरुद्ध

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । गएराति आएको अविरल पानीले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन डुबानमा परेको छ ।

बाढीले प्रहरी प्रभाग काँडाघारीको कार्यालय भवनको एकतलाको सबै भाग डुबानमा परेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार बाढीका कारण प्रहरी कार्यालयमा भएको खाद्यान्न, फर्निचर, लत्ताकपडा, भान्साका सामान बगाएको छ ।

साथै, कार्यालयसँगै पार्किङमा राखिएका तीन मोटरसाइकल पनि बाढीले बगाएर लगेको छ । अहिले सो सो क्षेत्रमा कम्प्युटर, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा कार्यालयको कम्प्युटर, इन्टरनेट र सञ्चार उपकरणको बेस सेटले काम नगर्नुका साथै टेलिफोनसमेत अवरुद्ध भएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर