पूर्व पत्नी किरणको फिल्ममा अस्वीकृत भए आमिर — OSNepal

पूर्व पत्नी किरणको फिल्ममा अस्वीकृत भए आमिर

LC (KTM) August 10, 2022 0

मुम्बई, २५ साउन

अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन् ।

किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा असफल भएको थियो ।

यो फिल्ममा आमिरसँगै प्रतीक बब्बर र मोनिका डोगराको अभिनय थियो । तर आमिरको उपस्थितिले दर्शकलाई हलमा तान्न सकेन । ‘लापता लेडिज’ नामअघि यसको नाम ‘लापता लड्की’ राखिएको थियो । तर स्क्रिप्टमा केही परिवर्तन गरिएपछि नाम पनि फेरियो ।

फिल्मका कलाकारको कास्टिङका लागि किरणले अडिसन लिएकी थिइन् । त्यो समय आमिर आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ को सुटिङमा व्यस्त थिए । त्यहीबेला उनले फिल्मका लागि अडिसन दिएका थिए, तर किरणले उनको अडिसनलाई स्वीकारिनन् ।

‘स्क्रिन टेस्टपछि किरण र मैले म यो फिल्मका लागि फिट छैन भन्ने कुरामा सहमति जनायौं । त्यसपछि मैले किरणलाई तिमीलाई अन्तिम समयसम्म पनि कुनै कलाकार मिलेन भने म काम गर्नेछु भनें’, आमिरले भनेका छन् । ‘लापता लेडिज’ले एक गाउँको दुई बेहुलीको कथा बोल्नेछ, जो एकसाथ गाउँबाट गायब हुन्छन् । फिल्ममा रवि किशन, स्पर्श श्रीवास्तव र छाया कदम प्रमुख भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर