आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्न रवीन्द्र मिश्रको प्रस्ताव — OSNepal

आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्न रवीन्द्र मिश्रको प्रस्ताव

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । रवीन्द्र मिश्रले पुनः विवेकशील साझा पार्टी आफ्नै नेतृत्वमा अगाडि बढाउने प्रस्ताव अघि सारेका छन् ।

मिश्रले पार्टी केन्द्रीय सदस्यहरुलाई एमालेमार्फत पत्र पठाउँदै आफनै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा जानुपर्ने दाबी गरेका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा पराजय भोगेपछि हारको नैतिक जिम्मेवारी आफैले लिने भन्दै अध्यक्षबाट राजीनामा दिएका थिए ।

आफूले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत नभएकाले अझै वैधानिक रुपमा आफू पार्टी नेतृत्वमा रहेको दावी समेत गरेका छन् ।

दल दर्तापछि पनि नयाँ नेतृत्वबारे छलफल गर्न सकिने भन्दै मिःले बैठक बस्न गणपुरक संख्या पुग्न सम्भव नभएकाले डिजिटल हस्ताक्षरबाटै निर्णय गरेर आयोगमा दल दर्ताका ल ागि जाने प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर