अध्ययनकै लागि भनेर दैनिक धेरै विद्यार्थी विदेश गइरहेको बेला भक्तपुरको काठमाडौं वल्र्ड स्कुल विदेशी विद्यार्थीको आकर्षको केन्द्र बन्दै — OSNepal

अध्ययनकै लागि भनेर दैनिक धेरै विद्यार्थी विदेश गइरहेको बेला भक्तपुरको काठमाडौं वल्र्ड स्कुल विदेशी विद्यार्थीको आकर्षको केन्द्र बन्दै

LC (KTM) August 10, 2022 0

काठमाडौं । अध्ययनकै लागि भनेर दैनिक धेरै विद्यार्थी विदेश गइरहेको बेला भक्तपुरको एउटा स्कुलले भने विदेशी विद्यार्थीको पनि आकर्षणको केन्द्र बनेको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौं वल्र्ड स्कुल विदेशी विद्यार्थीको आकर्षको केन्द्र बन्न सफल भएको हो । स्कुलले दिएको जानकारी अनुसार स्कुलमा यो स्कुलमा भारत, जापन, कोरिया, हङ्कङ्घ, म्यानमार, सिंगापुर, बेलायत, अमेरिका तथा अन्य मुलुकका नागरिक तथा गैर नेपालीका सन्ततीहरु अध्ययनरत छन् ।

स्कुलका प्रिन्सिपल केशर खुलाल स्कुल निजी क्षेत्रकै उत्कृष्ट नमुना स्कुल भएको दावी गर्छन् । ‘नेपाल सरकारको विशिष्ट श्रेणीमा दर्जित यस स्कुलले भौतिक, शैक्षिक, ब्यवस्थापकीय तथा अन्य सबै पक्षमा अन्तराष्ट्रियस्तर कायम गरेको छ, प्रिन्सिपल खुलाल भन्छन्, त्यसकारण हाम्रो स्कुलमा देशका सबै क्षेत्र तथा झण्डै एक दर्जन देशका विद्यार्थी अध्ययनरत छन् । काडमाडौं उपत्याकाका जुनसकै कुनासम्म पुग्ने सुविधायुक्त बस सेवा तथा तारे होटेल बराबरको सुविधायुक्त अत्यन्त सुरक्षित आवाश गृहहरुको व्यवस्थाका कारण विदेशी विद्यार्थी पनि आकर्षित भएको खुलालको विश्लेषण छ । यो स्कुल ६ देखि १९ वर्षका बालबालिकालाई उच्च गुणस्तरको समग्र शिक्षा प्रदान गर्ने प्राथमिक उद्देश्यका साथ वरिष्ट नेपाली शिक्षाविद् र उद्यमीहरूको समूहको साझा पहलमा स्थापना भएको उनको भनाई छ । शान्त वातावरण, अत्याधुनिक प्रविधि र सुविधाहरू तथा शिक्षामा पूर्ण समर्थित तथा दक्ष जनशक्ति स्कुलको प्रमख विशेषताहरु रहेको उनी बताउँंछन् ।

स्कुल करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्कुलमा शिक्षण शिकाइका लागि अत्याधिक प्रविधियुक्त तथा वातावरण अनुकुलित ठूलाठूला कक्षा कोठाहरु, विशाल पुस्तकालय र भिआइपी तथा उत्कृष्ट शिक्षकहरको व्यस्था गरिएको छ । विद्यार्थीहरुका विभिन्न मनोविज्ञानिक समस्याहरुको उचित व्यवस्थापन गरी पढाइमा सहयोग गर्नका लागि विद्यालयमै बरिष्ट मनोचिकित्सकको व्यवस्था पनि गरिएको छ ।

त्यसका अलवा विद्यार्थीको समग्र वृत्ति विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापका लागि पनि प्रसस्त सुविधाहरु उपलब्ध छन् । खेलकुदका लागि अर्धओलम्पिक साइजको स्विमिङ्घ पुल, सम्भवत काठमााडौंकै ठूलो फुटसल कोर्ट, ३ वटा अत्याधुनिक बास्केटबल कोर्टहरु, भलिवल कोर्ट, क्रिकेट नेट, इन्डोर बास्केटबल, नेटबलकोर्ट तथा बाडमिन्टन कोर्ट, टेबुलटेनिस र जिमनष्टिक हलसहितको कबर्ड हल छन् । अतिरिक्त क्रियाकलापका लागि संगित, नृत्य र कलाका विविध विधाका लागि छुट्टाछुट्टै हल तथा दक्ष प्रशिक्षकहरु उपलब्ध छन् । यहाँ भक्तपुरको मौलिक धिमेबाजा र माटोका भाँडा बनाउने कला पनि सिकाइन्छ । त्यसैगरी विभिन्न अन्तराष्ट्रिय भाषहरु पनि सिकाइन्छ ।

कक्षा ११ र १२ मा पढ्ने हरेक विद्यार्थीले खेलकुद र अतिरिक्त क्रियाकलापको कुनै एक विधा अनिवार्य सिक्नैपर्छ यहाँं । किनकि एक विद्यार्थी एक शिप विद्यालयको नारा हो । त्यसैगरी विभिन्न क्लब, विद्यार्थी नेतृत समूह तथा कार्यक्रममार्फत प्रत्येक विद्यार्थीहरुलाई नेतृत्व विकासको अवसर प्रदान गरिन्छ यहाँं । साथै प्रशस्त आन्तरिक, अनतर विद्यालयय र अन्तािरष्ट्रय प्रतियोगिताहरु तथा भ्रमणमा सहभागी गराई विद्यार्थीहरुको आत्मविश्वास र अनुकुलनक्षमता बृद्दि गराइन्छ । राष्ट्रियस्तरका खेलाडी तथा विशिष्ट क्षमतावान विद्यार्थीहरुका लागि पनि विशेष प्रावधान यहाँं गरिएको छ ।

स्कुलकी मार्केटिङ एण्ड एडमिसन प्रमुख आरती आचार्यले सञ्चालनको पाँचौ वर्षमा प्रवेश गर्दै गर्दा यसले कक्षा १२ बाट तीनवटा ब्याचलाई सतप्रतिशत नतिजा सहित उतिर्ण गराई देशभित्र तथा बाहिरका उत्कृष्ट विश्वविद्यालयहरुमा पठाइसकेको जानकारी गराइन् । यसको आफ्नै पूर्णकालिन करियर तथा गाइडेन्स काउन्सिलर सहितको काउन्सिलिङ्घ सेवा भएको हुँदा यहाँबाट उत्तिर्ण धेरै विद्यार्थीहरु विभिन्न देशका प्रख्यात विश्वविद्यालयहरमा छात्रबृत्ति सहित अद्ययन गर्न सफल भएको उनले सुनाइन् ।

यसरी प्राकृतिक तथा मानवीय सृजनाको अद्वितीय समागम यो स्कुल ज्ञान तथा सिर्जनाका लागि अति उपयुक्त स्थान हुनका साथै योग्य विद्यार्थी तथा गुयास्तरीय शिक्षाको खोजी गर्ने अभिभावकहरुको रोजाइमा परेको उनको विश्लेषण छ । नेपालमै अन्तर्राष्टियस्तरको पढाई हुने स्कुल रहेका कारण नेपाली अभिभावकलाई विदेशमा पढाउन पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका साथै पढनकै लागि विदेशमा जाने वार्षिक करोडौ रकम विदेश जानबाट जोगाउन स्कुलबाट सहयोग मिलेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर