शून्यबाट शुरू भएको प्रदेश सरकारले ५ वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानून निर्माण गर्यो : मुख्यमन्त्री पोखरेल — OSNepal

शून्यबाट शुरू भएको प्रदेश सरकारले ५ वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानून निर्माण गर्यो : मुख्यमन्त्री पोखरेल

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने बताएका छन् ।

बुधबार गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

सरकारले आफ्नो जिम्मेवारीमा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका उनले प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमा गण्डकी प्रदेश सरकारले उल्लेखनीय काम गरेको बताए ।

‘शून्यबाट शुरू भएको प्रदेश सरकारले ५ वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानून निर्माण, त्यसै अनुसारका नियमावली, कार्यविधि बनाएर अगाडि बढेको छ ।’ ऊक्त कार्यक्रममा उनले भने ।

प्रदेशले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न थप मेहनत गर्नुपर्ने भन्दै उनले गत आर्थिक वर्षमा विकास निर्माणका काममा के कस्ता प्रगति भए ? वार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयन के कति प्रभावकारी भयो ? हामीले सम्पादन गरेका कामबाट प्रदेशको आर्थिक र सामाजिक विकासमा कति सुधार भयो ? भनेर समीक्षा हुने बताए ।

त्यसको लेखाजोखाका अतिरिक्त कमीकमजोरी पहिचान गरी त्यसलाई चालू आर्थिक वर्षमा दोहोरिन नदिन आवश्यक तयारी गर्न समेत यो समीक्षा उपयोगी बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर