काठमाडौं २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी,पछिल्लो २४ घण्टामा थप ३ जनाको मृतइु भएको छ ।