युक्रेन-मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी तेह्र जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताउनु भएको छ । ‘यो भयानक रात थियो । एघार जना मारिए’ भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममा लेख्नु भएको छ । घाइते मध्ये दुई जनाको मृत्यु भएपछि यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १३ पुगेको गभर्नर थप जानकारी दिनु भएको छ ।
जापोरिझ्झिया आणविक उर्जा केन्द्रबाट निपर नदीको अर्को छेउमा रहेको मार्गानेट गाउँमा भएको आक्रमणमा परी १२ जना मारिएका क्षेत्रीय परिषद्का प्रमुख माइकोला लुकाशुकले बताउनु भएको छ । प्रशासनिक भवनहरु, अग्लो भवनहरु, एउटा विद्यालय, एउटा सांस्कृतिक दरबार, एउटा नगर परिषद्को भवन,“ क्षतिग्रस्त भएको उहाँले बताउनु भएको छ । रुस र युक्रेनले एकअर्कालाई प्लान्टनजिकै गोलाबारी गरेको आरोप लगाएका छन् ।