कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो — OSNepal

कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

LC (KTM) August 10, 2022 0

सर्लाही, २५ साउन –

पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।बुधबार बिहान कारको ठक्करबाट मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए ।

घाइते ढुंगेलको उपचारको क्रममा बिरगंजमा मृत्यु भएको हो । ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका ढुंगेलको वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ढुंगेल हरिवन बजारस्थित घरबाट साढे एघार बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेको थिए ।

मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स सञ्चालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव बिरगंजमै पोष्ट मार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर