एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति तयार — OSNepal

एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति तयार

LC (KTM) August 10, 2022 0

काठमाडौं, २५ साउन :

नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ ।बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरलाई दिइएको छ ।निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानुन विभागलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर