रावलको प्रश्न : अहिले कति दल मिलेर बनेको बहुमतको सरकार किन मातृभूमिको छातीमा बुल्डोजर चल्दा मौन बसेको ? — OSNepal

रावलको प्रश्न : अहिले कति दल मिलेर बनेको बहुमतको सरकार किन मातृभूमिको छातीमा बुल्डोजर चल्दा मौन बसेको ?

LC (KTM) August 10, 2022 0

एमालेको अल्पमतको सरकारले त सीमा अतिक्रमणमा पर्दा कुरा उठाएको थियो अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन मातृभूमिको छातीमा बुल्डोजर चल्दा मौन बसेको ?

काठमाडौं २५ साउन। नेकपा एमालेका सांसद डा भीम रावलले मातृभूमिको छातीमा बुल्डोजर चल्दा सरकार किन मौन बसेको भन्दै प्रश्न गरेका छन् ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सहभागी भएका उनले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा पर्दा पनि सरकारले भारतसँग वार्ता गर्न नसकेको प्रति आक्रोश हुँदै यस्तो प्रश्न गरेकम हुन् ।

अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले पनि यस विषयमा भारतसँग कुरा गर्न नसकेको भन्दै प्रश्न गरेका उनले आफु अचम्मित परेको बताए ।

मलाई आश्चर्य लाग्छ, २०५१/०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बौल्दैनन् । उहाँहरु संवेदशील हुनुहुन्न । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?’ रावलले प्रश्न गरे ।

परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा रहेको यो समयमा खड्काले चीनसँगको सीमामा केही विवाद भएको भए संवाद गर्न पनि उनले सुझाव दिएका छन् ।

‘परराष्ट्रमन्त्री चीन भ्रमणमा हुनुहुन्छ, त्यहाँ वार्ता गर्नुस् र चीनसँग सीमाका बारेमा केही विवाद भएको हो वा होइन, नेपाली जनतालाई खबर दिनुहोस्’ नेता रावलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर