अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता दिवेश नेपाल आउँदै, यी स्थानमा दिनेछन् भव्य प्रस्तुती — OSNepal

अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता दिवेश नेपाल आउँदै, यी स्थानमा दिनेछन् भव्य प्रस्तुती

LC (KTM) August 10, 2022 0

काठमाडौँ ।

अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता आर्थर गन उर्फ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् ।

गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेल टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा आर्थर गनलाई आफ्नो होम कमिङ टुरका लागि नेपाल आउन लागेका हुन् ।

उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल अठारौं सिजन’मा निर्णायकद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा गरेपछि विश्वभर लोकप्रिय बन्न सफल गायक दिवेशले हालसम्म आठवटा गीत रहेको आफ्नो पहिलो एल्बम ग्रहण २०१८ को सुरुवातमा रिलिज गरे र अर्को एल्बम खोज, २०१९ मा म, खोज र कर्णालीलगायतका गीतसहित जारी गरेका छन्।

विश्वभरका दर्शकबाट अपार माया र समर्थन पाएपछि आर्थरले सबैको मायाको प्रतिफल दिन मातृभूमि नेपाल फर्कने योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर