प्रतिक्षित २ फिल्म 'प्रकाश' र 'प्रेमगीत ३' रिलिज हुनै लाग्दा नायक प्रदिप खड्कालाई लाग्यो यस्तो आरोप ! — OSNepal

प्रतिक्षित २ फिल्म ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिज हुनै लाग्दा नायक प्रदिप खड्कालाई लाग्यो यस्तो आरोप !

LC (KTM) August 10, 2022 0

काठमाडौँ ।

नायक प्रदीप खड्का यतिबेला निकै ब्यस्त छन् । एक महिनाको अन्तरमा २ फिल्मको प्रदृशन र त्यसको प्रचार प्रसारका कारण उनलाई भ्याई नभ्याईको अवस्था छ । यसैबिच उनी साउन २६ गते नेपालगञ्जमा फिल्म ‘प्रकाश’को पत्रकार सम्मेलन गरेर उतैबाट भारततर्फ जाने तयारीमा छन् ।

एकातिर, प्रकाशका लागि दौडधुप गरिरहेका उनलाई प्रेमगीत ३ ठूलो बजेट र भारत लक्ष्मीत प्रचार प्रसार र प्रदृशनमा पनि ध्यान दिनु पर्ने भएकाले थप दौडधुप बढेको हो ।

उनलाई प्रकाशको प्रचारमा समेत ध्यान नदिएको आरोप लागिरहेको छ । यही आरोपकाबिच उनी बिहिबार फेरी भारत जाँदैछन् ।

२ फिल्मको प्रचारको मारमा परेका नायक प्रदीप नेपाली फिल्मलाई अस्करसम्म पुगेको समेत आफूले हेर्न चाहेको बताउँछन् ।प्रदिप भन्छन् ‘प्रकाश होस् या प्रेमगीत ३, म लामो समयदेखि नेपाली फिल्म पनि अन्तरराष्ट्रिय स्तरमा जानुपर्छ भन्ने सोचमा छु ।

हालैको एक अन्तरवार्तामा उनलाई प्रेम गीत ३ र प्रकाशमध्ये एउटा फिल्म मात्रै रोज्नका लागि गरिएको अनुरोधमा उनले प्रकाशलाई नछाने पछि निर्माण यूनिट उनीसँग केहीहदसम्म रुष्ट रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर