जनता लोकतान्त्रिक सरकार होईन योग्य सरकारको खोजीमा - महामन्त्री किरण — OSNepal

जनता लोकतान्त्रिक सरकार होईन योग्य सरकारको खोजीमा – महामन्त्री किरण

LC (KTM) August 10, 2022 0

काठमाडौं – पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमालले नेपाली जनता लोकतान्त्रिक सरकार नभई योग्य सरकारको खोजीमा रहेको बताएका छन् ।नेपालको राजनैतिक दलहरूले लोकतन्त्रलाई चुनावमा सिमित गर्ने गम्भीर खतरालाई औल्याउँदै महामन्त्री किरणले पछिल्लो ५० वर्षयता नेपाली जनता योग्य सरकारको बेग्र प्रतीक्षा रहेको बताएका छन् ।
केही समय अगाडि महामन्त्री रवि किरणले पुनर्जागरण विना नेपालको संविधान कागजको खोस्टाको रूपमा सिमित हुने अभिव्यक्ति दिएका थिए ।

शनिवार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री किरणले संविधान बनेको झण्डै दशक समय बितिसक्दा समेत नेपाली जनताको गरिबी,बेरोजगारी,भ्रष्टाचार ,युवाशक्ती पलायन र परनिर्भरता जस्ता समस्याहरु हल नभएको आरोप लगाएका छन् ।

आज फुटपाथमा मैकै बेच्ने मानिसहरुको कारणले देश बिग्रेको हो? किरणले प्रश्न गरेका छन् । “आज एउटा ठुलो जमात छ जसले नेता मानिरहेकाहरुका कारण देश यस्तो अबस्थामा छ” किरणले आक्रोश पोख्दै भनेका थिए ।पुनर्जागरणको पहिलो प्रारम्भ डिभोर्स बाट हुने पनि किरणले बताएका छन् । बर्तमान राजनैतिक नेतृत्व ,प्रवृत्ति र चिन्तन सङ सम्बन्धबिच्छेद नगरेसम्म देशलाई सुमार्गमा हिडाउन नसकिने किरणको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर