तीनवटा प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना — OSNepal

तीनवटा प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना

LC (KTM) August 10, 2022 0

काठमाडौं, २५ साउन-हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्य बदली रहनेछ । बागमती , गण्डकी प्रदेशका र कर्णाली प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूररपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर