विष्णु माझीको तीज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक — OSNepal

विष्णु माझीको तीज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक

LC (KTM) August 10, 2022 0

काठमाडौं :

‘विष्णु माझीकोतीज गीत ‘चरी जेलैमा-२’ सार्वजनिक भएको छ । लोकदोहोरीकी चर्चित एवं रहस्यमयी गायिका विष्णुले यसवर्ष गतवर्षको हिट गीत ‘चरी जेलैमा’को भाग-२ सार्वजनिक गरेकी हुन् ।

गीतमा विष्णुको एकल स्वर छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत, बिनोद बाजुरालीको एरेन्ज रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतमा ‘चरी जेलैमा’कै संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा यसअघिकै मोडल ललिता पौड्यालकै अभिनय छ ।

भिडियोमा सुन्दरमणि अधिकारकिो पनि अभिनय देख्न सकिन्छ ।शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । भिडियो सुन्दरमणिको आफ्नै सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक भएको हो ।

विष्णु माझीको तीज गीतहरुमध्ये गतवर्षको ‘चरी जेलैमा’ सर्वाधिक हिट मानिन्छ । गीतले १३ दिनमै युट्युबमा १ करोड भ्युज पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *