जनतामाझ लोकप्रियता बढेको कम्युनिष्ट पार्टीबाहेक अन्यबाट जनताले आश गरेका छैंनन् : माधव नेपाल — OSNepal

जनतामाझ लोकप्रियता बढेको कम्युनिष्ट पार्टीबाहेक अन्यबाट जनताले आश गरेका छैंनन् : माधव नेपाल

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीबाहेक अन्य दलबाट जनताले केहि आशा नराखेको दावी गरेका छन् ।

बिहीबार एक कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई अब जनता माझ लोकप्रियता जोगाउन थप चुनौती बढ्को भन्दै यस्तो दावी गरेका हुन् ।

‘कम्युनिष्ट पार्टीबाहेक अन्यबाट जनताले आश गरेका छैनन्, कम्युनिष्ट पार्टीको जनतामाझ जुन लोकप्रियता छ, लोकप्रियता जोगाउन चुनौती थपिदै गइरहेको छ।’ सो कार्यक्रममा नेपालले भने ।

कम्युनिष्ट पार्टीभित्र नै रोग लाग्यो भने रोगको समयमै उपचार गरेनौं भने त्यसले आफुहरुलाई निकै ठूलो अफ्ठ्यारो औंल्याए । उनले अहिले पार्टीभित्र कुरै नसुन्ने प्रवृति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

सिद्धान्त र आदर्शप्रति समर्पित हुनुपर्ने भन्दै उनले आन्दोलनको शक्तिले नै परिर्वतन ल्याउने बताए । पार्टीभित्र र नेपालको राजनीतिमा व्यक्तिवाद हावी भएको तर्क दिएका उनले नेपालको राजनीति र समाजमा मबाट सुरु गर्ने प्रवृत्ति व्याप्त भएको टिप्पणी गरे ।

‘मले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छ। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालजेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वार्थ र परिपूर्तिका निम्ति’ नेपालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर