नुवाकोट क्षेत्र नम्बर–२ बाट अर्नुननरसिंह केसी लड्दै — OSNepal

नुवाकोट क्षेत्र नम्बर–२ बाट अर्नुननरसिंह केसी लड्दै

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेपाली कांग्रेसका नेता अर्नुननरसिंह केसीले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने भएका छन् ।

गएको २०७४ सालको निर्वाचनमा केसी बाम गठबन्धनका उम्मेदवार एमालेका नारायणप्रसाद खतिवडासँग पराजित भएका थिए ।

तर यस पटक भने केसीलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समेत .समर्थन हुने भएको छ ।

साथै ,नुवाकोट क्षेत्र १ बाट कांग्रेसका प्रकाशशरण महतले चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा भने , नम्बर–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर