मन्त्री पद चट भएपछि क्रुद्ध बन्दै आएकी झाँक्रीलाई नेपालको झटारो - आफूले पद नपाउने बित्तिकै कुकर्म , गुटबन्दी गर्दै जाने ? — OSNepal

मन्त्री पद चट भएपछि क्रुद्ध बन्दै आएकी झाँक्रीलाई नेपालको झटारो – आफूले पद नपाउने बित्तिकै कुकर्म , गुटबन्दी गर्दै जाने ?

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेकपा एकिकृत समाजवादी अध्यक्ष माधव नेपालले नेतृ रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै कटाक्ष गरेका छन् ।

बिहिबार एक कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले व्यक्तिवादमा नलागी नीति, सिद्धान्त र निष्ठाका साथ सक्रिय हुन भन्दै झाँक्रीमाथि कटाक्ष गरेका हुन् ।

उनले आफूले पद नपाउँदा कुकर्म गर्ने चरित्र नेताहरुले नै देखाउन थालेको भन्दै ‘पद र पैसाका लागि जे पनि गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताए ।

‘आफूले पद नपाउने बित्तिकै कुकर्म गर्ने, गुटबन्दीमा लाग्ने । अनेक षड्यन्त्र र जालझेलमा लाग्ने गर्ने हुँन थालेको छ’, उनले भने।

पार्टीले सहरी विकासमन्त्रीबाट फिर्ता बोलाएपछि नेपालसँग आक्रोशित बनेकी झाँक्रीले त्यस यता नेपालसँग भेट्न आवश्यक नै नभएको भन्दै भेट समेत गरेकी छैनन् ।

साथै, नेपालले पनि भेट्न बोलाएका छैनन् । रुँदै मन्त्री पद छाडेकी झाँक्रीले
सार्वजनिक रुपमै आवश्यक नपरेका कारण नेपाललाई आफूले नभेटेको भन्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर