मन्त्रीज्यूँ यातायात र मालपोत कार्यालयमा यो रमिता कहिलेसम्म हो ? नागरिकलाई अझै कति रुवाउने ? — OSNepal

मन्त्रीज्यूँ यातायात र मालपोत कार्यालयमा यो रमिता कहिलेसम्म हो ? नागरिकलाई अझै कति रुवाउने ?

LC (KTM) August 11, 2022 0

रुषा थापा

सरकारी कार्यालयमध्येमा नागरिकहरुको धेरै नै भिडभाड हुने ठाउँ यातायात कार्यालय र मालपोत कार्यालय हो । यी दुई सरकारी कार्यालयमा सबैभन्दा बढी नागरिकहरुको चाप रहेको हुन्छ । एकवर्ष अघिसम्म मालपोत कार्यालयमा जग्गा खरिदबिक्री गर्नेहरुको लाइन धेरै नै हुने भएकाले त्यहाँ खुट्टा राख्ने ठाउँ पनि हुदैँन थियो । त्यस्तै यता यातायात कार्यालयमा पनि सवारीसाधन खरिदबिक्री गर्नेहरुको त्यस्तै भिड हुन्थ्यो ।
अहिले एकवर्षको बिचमा त्यसको ठ्याकै उल्टो भएको छ । अहिले मालपोत कार्यालय र यातायात कार्यालय सुनसान देखिन्छ ।मानिसहरु अहिले घरजग्गा बिक्री गर्नका लागि विभिन्न ठाउँ ध्याइरहेका हुन्छन् तर किन्ने मानिसहरु भने कतै पाउँदैनन् । त्यस्तै यता निजी प्लेट , भाडाका गाडीहरुको पनि खरिदबिक्री ठयाप्पै बन्द भएको छ । मालपोतमा अहिले हेप्यो भने सुनसान देखिन्छ ,घरजग्गा खरिदबिक्री र नामसरी काम ठप्प भइसकेको छ ।

मालपोत कार्यालयका सरकारी कर्मचारी बताउँछन् ६ महिनाअघिसम्म घरजग्गा किनबेच हुने गर्दथ्यो तर अहिले त घरजग्गाको किनबेच नै हुदैँन । कहिलेकाहीँ दिनमा १ देखि २ ओटासम्म नामसरी हुन्छ भने कहिले त त्यो पनि हुदैँन । यता यातायात कार्यालयका कर्मचारीहरु पनि तीन महिनाअघि सम्म सवारीसाधन नामसरी गर्ने मानिसहरुको निकै भिड हुन्थ्यो तर अहिले दिनमा १ देखि २ ओटा हुन पनि गाह्रो भइसक्यो भनेर बताउँछन् ।
त्यस्तै मालपोत तथा यातायात कार्यालयमा लेखनदास गर्नेहरु एकवर्षअघि लेखनदास गरेर दिनमा दश हजारदेखि लाखसम्म कमाउँथे । तर अहिले काम नपाएर यीहरुसँग चिया खानेसमेत पैसा हुदैँन । यसरी घरजग्गा र सवारीसाधनको मूल्य घट्नु वा मन्दी आउनुको कारण व्यक्तिसँग पैसा नहुनु र बैंक, फाइन्स र सहकारीहरुले कर्जा दिन नसक्नु हो ।
पछिल्लो समय बैंक, फाइन्स र सहकारीहरुले कर्जाको त कुरै टाढा , पैसा राख्नेहरुको रकम समेत दिन नसकेर भगाभाग गरिरहेका छन् । दुईवर्ष अघि मानिसहरुले घरजग्गा, गाडि र सेयर सबै धितो राखेर बैंक, फाइन्स र सहकारीबाट कर्जा लिए । दुईवर्षअघि यी वस्तुहरुको मूल्य धेरै नै बढेको थियो । मानिसहरुले त्यसबेला नाफा हुन्छ भनेर ऋण लिएर घरजग्गा , गाडि र सेयर किने । तर अहिले ती वस्तुहरुको मूल्य घटेर रुनु कि हाँस्नुअवस्थामा पुगेका छन् ।

आनाको ५० लाखमा किनेको घडेरी अहिले सस्तोमा वा आधा भाउमा बेच्छुभन्दा पनि बिक्री हुदैँन । त्यस्तै यता एकवर्षअघि २० लाखमा किनेको दुई वा चार पाङ्ग्रे सवारीसाधन अहिले ५ लाखमा बेच्छुभन्दा पनि बिक्री हुने गर्दैन । यसरी घरजग्गा किन्ने मानिसहरु हराउनुमा पनि कारण रहेको छ । मानिसहरुले पहिला नाफाको लोभमा ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर अहिले भने ती वस्तुको बिक्री पनि हुदैँन र बैंक, फाइन्स र सहकारीहरुले कर्जा पनि दिदैँनन् । जो व्यक्तिले पहिला घरजग्गा, सेयर, गाडि आदि धितो राखेर कर्जा लिए अहिले उनीहरु हाम्रो ती वस्तुहरु नै लिलाम गर्नुस् भनेर हात उठाउँछन् ।
२०७८÷४÷२१ गते एकैदिन २२ अर्बको सेयर किनबेच भएको थियो । अहिले सेयरको किनबेच घटेर दिनमा २ अर्ब पनि हुदैँन । २५ सय मा किनेको एकवर्षअघि एक कित्ता सेयर अहिले ५ सयमा बेच्छु भन्दा पनि बिक्रीहुदैँन । यी वस्तुहरुमा मन्दी आउँदा अहिले वित्तिय संस्था भाग्दै , जनता डुब्दै छन् ।

बैंक, फाइन्स तथा सहकारीहरुले भने नाफाको लोभमा यी सबैवस्तुहरुमा नै लगानी रहेको पाइन्छ । यसरी यी जेठो वा धितोहरुको मूल्य घटेपछि बैंकबाट ऋण लिने ऋणीहरुको भगाभाग भइरहेको छ । बजारमा घरजग्गा, गाडि र सेयरको मूल्य अहिले कबाडीको भन्दा पनि कम रहेको छ । मूल्य बढाउने दलालीहरु पनि डुबेर भगाभाग गरिरहेका छन् । अहिले सेयर, घरजग्गा र गाडिको मूल्य बढाउने दलालीहरु ऋण तिर्न नसकेर भाग्ने प्रक्रियामा आवद्ध रहेका छन् ।

कतिले त आफ्नो ज्यान बचाउनका लागि नेपाल नै छोडिसकेका छन् भने कति छोड्ने तयारीमा छन् । बैंक, फाइन्स तथा सहकारीहरुमा घरजग्गा, गाडि र सेयर धितो राख्ने मानिसहरु भागेपछि अब ती वस्तुहरु यी वित्तिय संसथाहरुले बेच्छुभन्दा पनि कोहीले खरिद गर्दैन । अर्थविद्हरुका अनुसार घरजग्गा, गाडि र सेयरको मूल्य अझैपनि घट्छ र देशमा ठुलो आर्थिक संकट आउँछ ।
विज्ञहरुका अनुसारपनि यी वस्तुहरुको मूल्य अझै १५ वर्षसम्म बढ्ने छैन। यता जनताहरुपनि नेपालको अर्थतन्त्र श्रीलंकाभन्दा नाजुक हुन्छ भनेर भन्छन् । त्यस्तै यता एमाले पनि नेपालको अर्थतन्त्र सिदिँयो र अब नेपालपनि श्रींलका नै बन्छ भनेर भाषणा गर्न व्यस्त देखिन्छ । नागरिकहरु बैंक, फाइन्स र सहकारी डुब्नेभयो भन्दै बिहानदेखि बेलुकासम्म लाइन बसेर पैसा निकाल्न थालिरहेका छन् । नागरिकहरु प्रत्येक दिन आफ्नो पुँजी निकाल्न बैंक, फाइनस र सहकारी धाउँने गर्छन् ।

बैंक, फाइन्स र सहकारीबाट दिनहुँ अर्बो निक्षेप नागरिकहरुले निकालिरहेका छन् । अहिले बैंक, फाइनस र सहकारीमा पैसा राख्ने कोही छैन भने निकाल्ने मानिस गणना गरेर साध्य छैन । सहकारीहरु पनि डुब्बेर दिनँहु भागिरहेका छन् । पछिल्लो समय डुब्ने डरले गर्दा नागरिकहरुले बैक, फाइन्स र सहकारीमो पैसा राख्न छोडिसकेका छन् ।
बैंक, फाइन्सको नाममा ८० प्रतिशत जनताहरुको घरजगगा र ९० प्रतिशत गाडि र सेयर रहेको छ । जनताहरुले यी वस्तु बैक, फाइन्समा धितो राखेर कर्जा लिएका छन् । अहिले ऋणीहरु यी वस्तुको मूल्य घटेर डुबिसकेका छन् ।

अब वित्तिय संस्थाहरुले दिएको कर्जा लिन पनि सक्दैँनन् र धितो बेच्दा पनि यिनीहरुलाई घाटैघाटा हुने छ । त्यसकारण वित्तिय संस्थाहरु डुब्छ भनेर जनताको कानमा पुगेपछि पैसा निकाल्ने मानिसहरुको सङ्ख्या ह्त्तै बढिरहेको छ । बैंकहरुले ब्याज बढाउछौा भनेर भन्दापनि नागरिकहरु आफ्नो पुँजी राख्न तयार छैँनन् । ब्याजको लोभमा साँवा नै डुब्छ भनेर नागरिकहरु सचेत भएका छन् ।
बैंक खोल्नेबित्तिकै पैसा निकाल्नेहरुको लाइन लाग्छ । यता कति सहकारीहरुले डिपोजितहरुको पैसा फिर्ता गर्न नसकेर सहकारीका सञ्चालक तथा अध्यक्षहरु भागिसकेका छन् । सहकारीमा मानिसको खातामा २० लाख छ भने पैसा निकाल्न जाँदा ५ हजार मात्रै लैजानु भनेर भन्ने गर्छन् ।

सहकारी, बैंकहरुमा बजारबाट व्यापारी तथा नागरिकहरुले पैसा राख्न छोडिसकेका छन् । यस्तोबेलामा पनि कसरी घरजग्गा, सेयर र गाडिको मूल्य बढ्ला । के उभो गएको खोला फेरि पनि फर्कन्छ । अहिले नै मानिसहरुलाई बैंक, फाइन्स र सहकारीबाट लिएको ऋण तिर्न नसकेर मर्नु कि बाँच्नु, ओकाल्नु कि निल्नु भइरहेको छ । सहकारीमा मानिसहरुको भएको सम्पूर्ण रकम डुबिरहेको छ । सहकारीमा रहेको ८ अर्बभन्दा बढी ऋण जनताको सबै डुबिरहेको छ भने ८ अर्बभन्दा बढी ऋणलिएर सहकारीहरु भगाभाग गरिरहेका छन् भने यता नागरिकको घरमा रुवाबासी चलिरहेको छ । जनताले पसिना बगाएर कमाएको पेसा लिएर सहकारीहरुभागिरहेका छन् ।

यता सहकारी संस्थाका सञ्चालकहरु नागरिकको पैसा वा बचत लिएर मोजमस्ती गरिएका छन् । सहकारी संस्था डुब्नुमा सहकारी आफ्नैको हात रहेको छ । यीनीहरुले ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, गाडि र सेयरमा गरेर नागरिकको जीवनभरको बचत डुबाएका छन् । सहकारी संस्थाहरुले यस्तो गर्नुमा पनि राजनितिक पार्टीको सहयोग रहेको देखिन्छ । होइन भने यत्रो सहकारीहर नागरिकको पैसा लिएर भाग्दा कसैले किन आवाज उठाउदैँन, किन कारबाहीको दायरामा ल्याउदैँन । सहकारी संस्थामा अहिले प्रत्येक दिन मानिसहरुको लाइन लागिरहेको देखिन्छ । मानिसहरु सहकारी खोल्नुअघि नै पैसा झिक्न लाइन ल्याएर बस्छन् ।
यसरी नागरिकको यति धेरै पैसा डुबाएर सहकारीहरु भाग्दा सहकारीविभाग किन मौन बसिरहेको छ ।

अहिलेपनि सहकारीहरुले १८ देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर जनतासँग पैसा उठाइरहेका छन् । जसले गर्दा सिधासाधी नागरिकहरु ब्याजको प्रलोभनमा परी साँवा नै डुबाइरहेका छन् । मानिसहरुलाई अहिले बैंक, सहकारी र फाइन्सबाट आफूले नै राखेको पैसा आफूले नै निकाल्न पाउँदा ठुलो युद्ध जितेको जस्तो भइरहेको छ । नागरिकहरुले अहिले ब्याज चाहिन्न बरु डिपोजिट मात्र दिनुभन्दा पनि सहकारी र बैंकहरुले नागरिकको पैसा फिर्ता गर्न सकेको छैन । अबको एकवर्षभित्रमा सबै सहकारीहरु भाग्छन् वा बन्द हुन्छ भनेर सबै अर्थविद्हरु बताउँछन् ।नागरिकहरु अहिले बिहानै पैसा लिन सहकारी जान्छन् र दिनभरी त्यहँी पैसा पाइन्छ भनेर कुर्छन् तर बेलुका खाली हात फर्कने गर्छन् । मानिसहरु अहिले पनि घरजग्गा, गाडी र सेयरको मूल्य घट्छ र किन्छु भनेर पर्खेर बसिरहेका छन् । के अब फेरिपनि यी वस्तुमा लगानी गर्दा राम्रो हुन्छ र ?

अबको दिनमा यी वस्तुहरुको मूल्य घटदै जान्छ र बैंक, फाइन्स र सहकारीहरु टाटा पल्टिदैँ जाने छन् । यता नागरिकहरुले बैंक, फाइन्स र सहकारीमा भएको पैसा ल्याएर लुकाइसकेका छन् । तर राष्ट्रिय बैंक र अर्थमन्त्रालय कानमा तेल हालेर सुतिरहेको छ । सहकारीहरुले यसरी नागरिकको पैसा डुबाएर भाग्दा पनि भूमि सुधार ,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ निदाएर बसिरहेकी छिन् । जनता रुदैँ मन्त्री निदाउँदै । यदि नागरिकको पुँजी बचाउन सकिदैँन भने मन्त्री भाको के काम र ।

यसरी निदाएर कहिलेसम्म बस्ने मन्त्रीज्यूँ । कहिलेसम्म जनता डुबेको हेरिरहने । सहकारी विभाग नागरिकको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुको साटो कताबाट पैसा आउँछ भनेर कुरेर बसिरहेको छ । यता मन्त्री निदाउने भने उता विभाग जनता डुबाउने काम गरिरहेको छ । बैंक, फाइन्स तथा सहकारीहरु यसरी डुब्दा पनि सरकारले अहिलेसम्म जनतालाई सचेत गराउनका लागि केही सूचना प्रवाह गर्दैन । के नागरिकभन्दा ठुलो वित्तिय सस्ंथा हो सरकार । नागरिक डुब्दै छन् सरकार मौन बस्दै छ ।सहकारीहरुले बजार प्रतिनिधि तथा कर्मचारीहरुलाई १ वर्षदेखि तलब नदिएको र ६ महिनादेखि घरभाडा तिरेको छैन भनेर पनि सुनिन्छ ।
यता बैंकहरुले पनि तीन महिनादेखि कर्मचारीहरुलाई तलब दिएको छैन भनेर सुनिन्छ । यसरी बैंक र सहकारीहरु डुबे भनेर सबै जनतालाई थाहा भएपनि पनि सरकाले अहिलेसम्म थाहा पाएको छैन । कहिलेसम्म कानमा तेल हालेर बस्ने सरकार । कहिले नागरिकलाई डुब्नबाट बचाउने । सरकार अबपनि निद्राबाट उठ्ने समय भएको छैन । अहिले पनि जनता डुब्दैँ छन् भने सरकार निदाउदैँ छ । अब सरकारले ५ सय र हजारको नोटलाई प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकाल्नुपर्छ । बैंक, फाइन्स र सहकारीबाट पैसा झिकेर नागरिकहरुले घरघरमा लुकाएको पैसा सबै राष्ट्रियकरण गर्नुपर्छ । सरकारले अब समयमै नागरिकलाई डुब्नबाट बचाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर