राष्ट्रियसभा सदस्यबाट राजीनामा तयारीमा नारायणकाजी श्रेष्ठ — OSNepal

राष्ट्रियसभा सदस्यबाट राजीनामा तयारीमा नारायणकाजी श्रेष्ठ

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका हुन् ।

गएको निर्वाचनमा श्रेष्ठ नयाँ शक्ति पार्टीका तत्कालीन संयोजक डा। बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भए ।

त्यसैगरी केहि समय अगाडी अगाडी मा नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बनेका बाबुराम भट्टराई पनि गोरखा–२ बाटै उम्मेदवारी दिने तयारीमा छन् ।

यता नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले भने गोरखा २ माओवादी वा भट्टराई कसैर्लाइ पनि छाड्न नसकिने भन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर