चीनले नेपालतर्फका तातोपानी र रसुवागढी नाका बन्द गर्यो — OSNepal

चीनले नेपालतर्फका तातोपानी र रसुवागढी नाका बन्द गर्यो

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । कोरोना संक्रमण दर दिनप्रति दिन बढ्दै गएपछि छिमेकी मुलुक चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ ।

चीनको तिब्बत क्षेत्रमा कोरोना बढ्दै गएको भन्दै चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको गरेको हो ।

त्यहाँस्थित नेपाली भन्सार कार्यालयल दिएको जानकारी अनुसार रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारबाट मालसामान आउन बन्द भएको छ ।

केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकोमा औपचारिक कुनै जानकारी विना नै बुधबारबाट नाका बन्द भएको छ । यस विषयमा चीनले कुनै जानकारी दिएको भने छैन ।

रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए अनुसार कुनै पनि औपचारिक जानकारी विनानै शनिबारदेखि रसुवागढी नाका भएर आउने मालसामान आयात भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर