फोहोरको समस्याको सबै दोष साहमाथि थोपर्दै काठमाडौं महानगरका वडाअध्यक्षहरु यसरी खनिए मेयर साहमाथि — OSNepal

फोहोरको समस्याको सबै दोष साहमाथि थोपर्दै काठमाडौं महानगरका वडाअध्यक्षहरु यसरी खनिए मेयर साहमाथि

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको डंगुलाई लिएर महानगरमा वडा अध्यक्षहरु मेयर बालेन साह माथि खनिएका छन् ।

आज बसेको महानगरको बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत् हुँदै फोहोरको समस्याको सबै दोष साहमाथि थोपर्ने प्रयास गरेका छन् ।

बैठकको सुरु माने वडाअध्यक्षहरुले भोलीबाट काठमाडौंमा दुई जात्रा हुने भएकाले फोहोर व्यवस्थापन गर्न नसकने जनताले आफुहरुलाई गाली गर्ने बताए । बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारे पनि बैठकमा सहभागी वडा अध्यक्षहरुले भने पहिलो प्राथमिकता फोहोर भएकाल े अन्य प्रस्तावमा छलफल नगर्ने बताए ।

त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरेपनि वडाध्यक्षहरुले चित्त बुझाएनन् ।

काठमाडौं–७ का वडाध्यक्ष विमल होडा मेयर साहप्रति आक्रोशित शैलीमा फोहोर व्यवस्थापनका लागि बनेको कार्यदलको बैठक कतिपटक बस्यो भन्ने जानकारी दिनुपर्ने बताए । बैठकको यत्रो एजेन्डा बनाउन सक्नुहुन्छ, फोहोरको एजेन्डा कहाँ गयो ? मेयरज्यूको अध्यक्षमा रहेको कार्यदल कहाँ छ ? कतिवटा वैठक गर्नुभयो ? के प्रगति भयो जानकारी दिनु पर्दैन
?यस्तो गलत कुरा नगर्नुस मेयरससा’ब । हामी पनि आफ्नो वडाका मेयर हौं । तपाईंले हामीलाई जानकारी दिनु पर्दैन ?’ मेयर साहलाई प्रश्न गर्दै उनले भने ।

त्यसपछि वडाध्यक्ष र मेयरको बीचमा बसेर मध्यमार्गी भएर उपमेयर सुनिता डंगोलले भनिन् , भोलिबाट जात्रा पर्व हुँदैछ । त्यसैले अल्पकालीनरुपमा समाधान निकाल्न नसक्ने हो भने भोलि त्यसको भागिदारी कामनपा हुनुपर्छ । हामीले पहिलो प्राथमिकतामा फोहोरलाई राखेका हौं । तर घरीघरी समस्या दोहोरिएको छ । प्रमुखज्यूलाई म आग्रह गर्न चाहन्छु, विशेषगरी भित्री सहरमा थुपिएको फोहोरलाई भोलि र पर्सी अल्पकालीन व्यवस्थापन गरौं । भित्री सहरहरुमा फोहोर उठाउन सम्बन्धित विभागलाई नै निर्देशन दिनुभयो भने राम्रो हुन्छ । फोहोर व्यवस्थापनका लागि जुन समिति बनाइएको छ, सबै टेबल टकमा मात्रै समाधान आउँछ भन्ने छैन । यो बैठकपछि फोहोर व्यवस्थापन समिति बसेर अहिलेका लागि अल्पकालीन सलुसन के हुन सक्छ भन्ने विचार विमर्श भयो भने राम्रो हुन्छ ।’

तर, पनि बैठकमा डंगोलको प्रस्तावमा असहमति जनाउँदै मिति मात्रै बसेर नहुने भन्दै कुनै हालतमा यो कोर एरियाको फोहोर आज रातभरिमा उठाउनुप र्ने यदि उठेन भने , आफ्नो इज्जत जाने एक वडा अध्यक्षले बताए । ‘बरु रातभरि बसौं । हामी मेयरलाई साथ दिन तयार छों । तर आज रातभरीमा फोहोर उठाउनैपर्छ ।’ उनले भने ।

अन्तिममा मेयर साहले फोहोर व्यवस्थापन समितिमै थप छलफल भन्दै साहले बैठक टुंग्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर