निर्वाचन एमालेको लागि चुनौती पुर्ण छ तर वर्तमान सरकारको बिदाई गर्न जित्नैपर्ने बाध्यकारी पनि : ओली — OSNepal

निर्वाचन एमालेको लागि चुनौती पुर्ण छ तर वर्तमान सरकारको बिदाई गर्न जित्नैपर्ने बाध्यकारी पनि : ओली

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते निर्वाचन चुनौती पुर्ण रहेको बताएका छन् ।

पार्टीको आज बसेको सचिवालय बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका लागि चुनाव चुनौती पुर्ण रहेपनि जित्नैपर्ने बाध्यकारी रहेको पनि बताएका छन् । चुनावबाट जनादेश ल्याएर काँग्रेस नेतृत्वको वर्तमान सरकारको बिदाई गर्नुपर्ने ओलीले बताए ।

बैठकमा सहभागी नेता युवराज ज्ञवालीले वर्तमान गठबन्धन सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाका गलत निर्णय, भ्रष्टाचार र बेथितिलाई एमालेले जनताका बीचमा प्रमुख एजेण्डा बनाउन सक्नुपर्ने ओलीले जोड दिएका बताए ।

कांग्रेस सरकारले देशलाई बर्बादीको बाटोमा लगेको भन्दै उनले चुनावमा बहुमत ल्याएर एमालेको सरकार नबनाए देश थप बर्बाद हुन्छ भन्ने कुरा जनतालाई भन्नुपर्ने बेला आएको बताए ।

साथै,बैठकमा ओलीले देशभर पार्टी प्रवेश गर्ने कार्यक्रमलाई थप तिव्र बनाउनु पर्नेमा जोड दिएका छन् । यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर